बाढीबाट क्षति भएको कृषि विकास बैंक त्रिशुली शाखाको सम्पूर्ण बैंकिङ कारोबार बट्टारबाट सुचारु


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाढीबाट क्षति भएको कृषि विकास बैंक त्रिशुली शाखाको सम्पूर्ण बैंकिङ कारोबार बट्टारबाट सुचारु

रसुवामा आएको विनाशकारी बाढीका कारण त्रिशुलीस्थित कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमा क्षति पुगेपछि बैंकले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै हाल नुवाकोटको बट्टारबाट अस्थायी रूपमा सम्पुर्ण बैंकिङ सेवा संचालन सुचारु गरेको छ  ।

केही समय अधि रसुवा,नुवाकोट र धादिड क्षेत्रमा आएको भीषण बाढी र लेदोसहितको बहावले त्रिशुली शाखाको भौतिक पूर्वाधार, उपकरण तथा सञ्चार प्रणालीमा ठूलो क्षति पुऱ्याएको थियो। बाढीबाट भएको क्षतिको कारण साविकको स्थानबाट सेवा निरन्तरता दिन सम्भव नभएपछि बैंकले ग्राहकहरूको सहजताका लागि तत्कालै बट्टारस्थित अस्थायी कार्यालयवाट नियमित रुपमा सम्पुर्ण बैंकिड कारोबार सुचारु गरेको हो। हाल बट्टारबाट निक्षेप संकलन, नगद भुक्तानी, रेमिट्यान्स तथा अन्य अत्यावश्यक बैंकिड सेवाहरू बिना अवरोध निरन्तर प्रदान भइरहेका छन्।

बैंक व्यवस्थापनका अनुसार शाखाका लागी उपयुक्त स्थान चयन एवं आवश्यक तयारीका कामहरू तीव्र गतिमा अघि बढाइएको छ र छिट्टै नै नयाँ उपयुक्त स्थानबाट स्थायी रूपमा सेवा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

शाखा कार्यालय स्थानान्तरणका कारण ग्राहक वर्ग तथा सरोकारवालाहरूमा पर्न गएको असुविधा प्रति संवेदनशील रहँदै, यस विषम परिस्थितिमा पनि दर्शाउनु भएको निरन्तर सहयोग तथा अटुट विश्वासका लागि बैंक सम्पूर्ण ग्राहक महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दछ ।

  • EBL Ad news