असोज ५ गते सोमबार, भाद्र शुक्लपक्ष दशमी तिथिका दिन तपाइको आर्थिक राशिफल कस्तो रहला ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
असोज ५ गते सोमबार, भाद्र शुक्लपक्ष दशमी तिथिका दिन तपाइको आर्थिक राशिफल कस्तो रहला ?

असोज ५ गते सोमबार, भाद्र शुक्लपक्ष दशमी तिथि

मेष
साथीभाइ तथा परिवारजनको सहयोग प्राप्त हुने सम्भावना छ। पारिवारिक वातावरण सकारात्मक रहनेछ, जसले कार्यक्षेत्रमा आत्मविश्वास वृद्धि गर्नेछ।

वृष
कामकाजमा केही अवरोधहरू देखिन सक्छन्। अनावश्यक झमेला र विवादको सम्भावना रहेकाले संयमता अपनाउनु उपयुक्त हुनेछ।

मिथुन
महत्वपूर्ण कार्यहरू सम्पन्न हुने योग छ। व्यवसायिक क्षेत्रमा सकारात्मक लाभ प्राप्त हुने संकेत देखिन्छ।

कर्कट
व्यापार तथा लगानीको दृष्टिले दिन अनुकूल छ। आम्दानीमा सुधार हुने सम्भावना छ भने जग्गा–जमिन सम्बन्धी काममा पनि प्रगति हुने संकेत देखिन्छ।

सिंह
सामाजिक र शैक्षिक गतिविधिमा संलग्न व्यक्तिहरूले प्रतिष्ठा र लाभ प्राप्त गर्नेछन्। व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ।

कन्या
कामबाट अपेक्षित परिणाम नपाइने सम्भावना छ। खर्चको मात्रा बढ्न सक्छ, जसले मानसिक तनाव उत्पन्न गराउन सक्छ।

तुला
पेशागत क्षेत्रमा उपलब्धि र सम्मान प्राप्त हुने देखिन्छ। आम्दानीमा बृद्धि हुनुका साथै नयाँ अवसरहरू हात लाग्ने सम्भावना छ।

वृश्चिक
आम्दानीको स्तर सामान्य रहनेछ। कार्य क्षेत्रमा मन्दगतिमा सुधार देखिए पनि दीर्घकालीन दृष्टिकोणले समय मिश्रित रहनेछ।

धनु
नयाँ व्यवसाय वा परियोजनामा लगानीको अवसर मिल्नेछ। विगतका प्रयासहरू सफलतामा परिणत हुने संकेत छन्।

मकर
कार्यस्थलमा स्थायित्वको कमी देखिन सक्छ। खर्चमा बृद्धि हुन सक्नेछ। आत्मीय व्यक्तिहरूसँग सम्बन्धमा चिसोपन आउने सम्भावना छ।

कुम्भ
गुमेको सम्पत्ति फिर्ता हुने योग छ। कार्यक्षेत्रमा प्रतिष्ठा र प्रभाव बढ्नेछ। पुराना सम्बन्धहरूको पुनर्स्थापना हुनसक्छ।

मीन
नयाँ कामको थालनी वा पुरानो कार्यमा पदोन्नतिको अवसर मिल्नेछ। दिगो सफलता प्राप्त हुने सम्भावना प्रबल देखिन्छ।

 
  • EBL Ad news