नाडाद्वारा बाढीपहिरो प्रभावितलाई राहत सामग्री हस्तान्तरण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नाडाद्वारा बाढीपहिरो प्रभावितलाई राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले बाढीपहिरोबाट प्रभावित नुवाकोटको तिमुरे र रसुवाका नागरिकका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ।

नाडाले २०८२ भदौ १० गते नुवाकोट, तिमुरे र रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि उपलब्ध गराएको राहत सामग्री २०८२ असोज ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निर्मला पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

यसै सन्दर्भमा, २०८२ भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको छ।

नाडाले विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकलाई आवश्यक आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

  • EBL Ad news