कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
काठमाडौंमा बुधबार सम्पन्न साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
सभाले अग्राधिकार सेयरधनीका लागि सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।
साथै, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षित वित्तीय विवरण तथा सम्बन्धित प्रतिवेदनहरू पनि पारित गरेको छ।






