कोरला नाकामा १५ दिनमै डेढ अर्ब राजस्व, १५ गुणा बढ्यो ढुवानी खर्च


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कोरला नाकामा १५ दिनमै डेढ अर्ब राजस्व, १५ गुणा बढ्यो ढुवानी खर्च

पोखरा — रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङको कोरला नाकामा यतिबेला मालवाहक कन्टेनरको चाप हृवात्तै बढेको छ। १० भदौको बाढीपछि चीनतर्फका दुई प्रमुख नाका बन्द हुँदा कोरलातर्फ ढुवानी डाइभर्ट भएको हो।

सीमा नाका कोरलाबाट १३ किलोमिटर वर लोमन्थाङ गाउँपालिकाको नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ। कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार १० भदौअघिसम्म सामान्य अवस्थामा दैनिक ५–६ र चाडपर्वमा ८–१० मालवाहक कन्टेनरको जाँचपास हुन्थ्यो। चालु आर्थिक वर्षको १० भदौसम्म कोरला नाकाबाट भित्रिएका १ सय ६३ विद्युतीय सवारी र १ सय ३३ मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो। त्यसयता भने दैनिक ५० को हाराहारीमा कन्टेनर जाँचपास भइरहेका छन्।

Read More