सिटिजन्स बैंकको मधेश प्रदेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको मधेश प्रदेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाई-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’ विषयक रणनीतिक कार्यक्रम सम्पन्न गरेको छ।

प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। साथै, बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्तरका कार्यालयबीच सहकार्य थप प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया गरिएको थियो।

मधेश प्रदेशका आठ जिल्लामा सिटिजन्स बैंकका २९ वटा शाखा सञ्चालनमा छन्। बैंकले यसअघि बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम आयोजना गरेको थियो।

ती कार्यक्रमकै निरन्तरताका रूपमा मधेश प्रदेशमा पनि रणनीतिक कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम क्रमशः आयोजना गरिने बैंकको भनाइ छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा निक्षेप ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद नाफा भने ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।