आर्थिक वर्ष २०८२/८३ चौथो त्रैमास : इँट्टा र बिजुली तारको भाउ अकासियो


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आर्थिक वर्ष २०८२/८३ चौथो त्रैमास : इँट्टा र बिजुली तारको भाउ अकासियो

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमामा इँटा र बिजुली तारको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालमा निर्माण लागत ह्वात्तै बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा तामाको तारको भाउ बढ्नु, नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुनु र तेलको उच्च मूल्यवृद्धिले ढुवानी भाडा महँगिदा विभिन्न निर्माण सामाग्रीको भाउ अकासिएको कार्यालयले जनाएको छ । 

तथ्यांक कार्यालयका अनुसार निर्माण सामाग्रीहरूमध्ये विद्युतीय तारको मूल्य आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा ३४ दशमलव ३६ प्रतिशतले बढेको थियो । तथ्यांक कार्यालयले निर्माण क्षेत्रको समग्र इनपुट मूल्य सूचकांकमा समावेश गरेको वस्तुमध्ये सबैभन्दा ठूलो मूल्यवृद्धि विद्युतीय तारमै देखिएको हो । त्यस्तै इँटाको भाउ पनि सोही अवधिमा १७ दशमलव ९४ प्रतिशतले बढ्यो जुन मूल्य सूचकांकमा समावेश निर्माण सामग्रीहरुमध्ये दोस्रो ठूलो मूल्यवृद्धि बेहोर्ने वस्तु हो । 

Read More