काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको ३५१औँ बैठकले हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।
१० प्रतिशत बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि भई ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।
काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ।




