मेदान्ता–द मेडिसिटी अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेदान्ता–द मेडिसिटी अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ - प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्।

यससम्बन्धी सम्झौता अनुसार अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) अन्तर्गत चिकित्सकीय परामर्श, प्रयोगशाला तथा रेडियोलोजी परीक्षणमा प्रचलित शुल्कमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

त्यस्तै, अन्तरङ्ग सेवा (आईपीडी) अन्तर्गत कोठाको भाडा तथा प्रयोगशाला र रेडियोलोजी परीक्षणमा पनि अस्पतालको प्रचलित शुल्कमा १५ प्रतिशत छुट दिइनेछ।

सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनील मिश्राले हस्ताक्षर गरेका छन्।

सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहने बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाख ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको जनाएको छ।