काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोडभन्दा बढी सहयोग गरेका छन्।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रु. २ करोड ५१ लाख नगद सहयोग उपलब्ध गराएको जनाएको छ।
त्यस्तै, बैंकका कर्मचारीहरूको तर्फबाट रु. ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नगद सहयोग प्रदान गरिएको छ।
यसका अतिरिक्त, एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा बाढी प्रभावितका लागि आवश्यक अत्यावश्यक राहत सामग्रीसमेत संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ।




