ज्योति विकास बैंकद्वारा विपद् प्रभावित क्षेत्रका लागि १ करोड रुपैयाँसम्म सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति विकास बैंकद्वारा विपद् प्रभावित क्षेत्रका लागि १ करोड रुपैयाँसम्म सहयोग

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बैंकले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

यस्ता कार्यक्रमअन्तर्गत बैंकले चरणबद्ध रूपमा थप ५० लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने जनाएको छ। यससँगै बैंकको कुल सहयोग रकम १ करोड रुपैयाँसम्म पुग्नेछ।