विपद् प्रभावितका लागि सिटी एक्सप्रेस ग्रुपद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विपद् प्रभावितका लागि सिटी एक्सप्रेस ग्रुपद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।

ग्रुपले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

उद्धार, राहत तथा पुनर्स्थापनाका क्रममा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायको योगदानप्रति पनि ग्रुपले कृतज्ञता व्यक्त गरेको छ।

सिटी एक्सप्रेस ग्रुपले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्न र पुनर्स्थापनाका प्रयासमा हातेमालो गर्न आग्रह गरेको छ।