रसुवा बाढीको कारण बैंकिङ क्षेत्रका २६ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना, माछापुच्छ्रे बैंकको ५ जना, एनएमबी र प्रभु बैंकका ४/४ जना, लक्ष्मी सनराइज र सानिमा बैंकका २/२ जना, ग्लोबल आइएमई र हिमालयन बैंकका १/१ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेका हुन्।
खोजी कार्य चलिरहे पनि कर्मचारी अझै सम्पर्कमा आउन नसकेका हुन्।
त्यस्तै, वाणिज्य बैंकहरूको क्षति पुगेका नुवाकोट र रसुवा जिल्लाका १७ वटा शाखामा रहेको भल्टमा १७ करोड २४ लाख रूपैयाँ, काउन्टरमा एक करोड १७ लाख रूपैयाँ रहेको र करिब ५५ करोड रूपैयाँ बराबरको मालसामनमा क्षति पुगेको बताइएको छ।




