झन्डै डेढ खर्ब रूपैयाँमा बनेका १३ जलविद्युत आयोजनामा क्षति


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
झन्डै डेढ खर्ब रूपैयाँमा बनेका १३ जलविद्युत आयोजनामा क्षति

रसुवाको भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार ३५४ मेगावाट बिजुली उत्पादन गरिरहेका र निर्माणाधीन ३९४ मेगावाट क्षमताका गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो। कुन आयोजनामा कति क्षति पुगेको छ भन्ने यकिन विवरण आइसकेको छैन। तर केहीमा पूर्ण क्षति भएको आकलन छ। क्षति पुगेका १३ वटा जलविद्युत आयोजनाको निर्माण लागत एक खर्ब ५२ अर्ब रूपैयाँ देखिन्छ। कम्पनीहरूको वार्षिक वित्तीय विवरण, केही रेटिङ कम्पनीहरूको विवरण र आयोजना सुरू गरिँदा भएको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) को आधारमा यस्तो लागत निकालिएको हो।

Read More