सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ ७० लाख रुपैयाँ सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ ७० लाख रुपैयाँ सहयोग

मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सयौं नागरिकको ज्यान गएको छ. । कयौं सम्पर्कविहीन भएका छन् भने धेरै परिवार विस्थापित हुनुपरेको छ। अरबौं रूपैयाँको भौतिक नोक्सानी भएको छ। सांग्रिला डेभलपमेन्ट बैंक यस विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा, बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुऱ्याउने हेतुले ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। जसमध्ये यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख र कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो। उक्त रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअधि पनि विभिन्न विपद्मा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ। आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गदै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अभ्क विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ।