काठमाडौं । हिमालयन बैंकले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।




