राहत कोषमा थुप्रियो रकम, कहिले पाउने पीडितले ?


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राहत कोषमा थुप्रियो रकम, कहिले पाउने पीडितले ?

काठमाडौं : भोटेकोशी बाढीपीडितका लागि सरकारले एकद्वार प्रणालीमार्फत राहत परिचालन गर्ने भन्दै सरकारी कोषमा मात्रै सहायता रकम जम्मा गर्न आग्रह गर्‍यो। त्यसका लागि विभिन्न बैंकका खाता सार्वजनिक गर्‍यो।

स्वदेश तथा विदेशबाट राहत रकम जम्मा भइरहेको छ। आइतबार साँझसम्म ३ अर्ब २४ करोड ९२ लाख रुपैयाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जानकारी दिए। 

हुन त प्रधानमन्त्री राहत कोषमा पहिल्यैको २ अर्ब १७ करोड रुपैयाँ सञ्चिति छ।  नयाँसमेत गरेर ५ अर्ब ४२ करोड रुपैयाँ कोषमा जम्मा भएको छ। तर, यति ठूलो रकम जम्मा हुँदा पनि भोटेकोशी बाढीपीडितको हातमा रकम पुगेको छैन। उल्टै सरकारी राहत नपाएर भोकभोकै बस्नु परिरहेको पीडितहरूले बताइरहेका छन्। बाढीमा फसेका र हराइरहेकाहरूको खोजी र उद्धार कार्यमा सरकारले पहल गरिरहे पनि राहतमा ध्यान नदिएको पीडितहरूको गुनासो छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता अर्याल भने सहजै रूपमा कोषको रकम खर्च गर्न नमिल्ने तर्क गर्छन्। 

Read More