नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, आकर्षक ब्याजदरमा सवारी कर्जा


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, आकर्षक ब्याजदरमा सवारी कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ मा सहभागिता जनाएको छ। बैंकले भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा सवारी कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय सेवा उपलब्ध गराइरहेको छ।

बैंकले गाडी खरिद गर्न चाहने ग्राहकलाई आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने जनाएको छ। साथै, अटो शोको अवसरमा सवारी कर्जाको प्रशासनिक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत रहेको छ। उक्त आधार दरका आधारमा सवारी कर्जा लिन चाहने ग्राहकले प्रतिस्पर्धी ब्याजदरको लाभ लिन सक्ने बैंकको भनाइ छ।

महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन इच्छुक ग्राहकले नाडा अटो शोको हल नम्बर ४ स्थित स्टल नम्बर एल मा सम्पर्क गर्न सक्नेछन्। बैंकले विद्युतीय, निजी तथा व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्दै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले हरेक वर्ष सहभागिता जनाउँदै आएको छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।