बैंक आम्दानीमा ब्याजको हिस्सा घट्दै, शुल्क तथा कमिसनको योगदान बढ्दै


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक आम्दानीमा ब्याजको हिस्सा घट्दै, शुल्क तथा कमिसनको योगदान बढ्दै

काठमाडौं । वाणिज्य बैंकहरूको आम्दानी संरचनामा ब्याजको हिस्सा घट्दै गएको छ भने शुल्क तथा कमिसनको योगदान बढेको छ । ब्याजदरमा आएको निरन्तर गिरावट, बैंकिङ प्रणालीमा रहेको उच्च तरलता, कमजोर कर्जा माग तथा बैंकहरू बीचको तीव्र प्रतिस्पर्धाका कारण खुद ब्याज आम्दानीको वृद्धि सुस्त हुँदा गैरब्याजआम्दानीको महत्व बढ्दै गएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको कुल सञ्चालन आम्दानी २ खर्ब ५३ अर्ब ७८ करोड रुपैयाँपुगेको छ । यसमध्ये खुद ब्याज आम्दानी १ खर्ब ९२ अर्ब ३२ करोड रुपैयाँ छ । यस आधारमा कुल सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको हिस्सा ७५ दशमलव ७८ प्रतिशत रहेको देखिन्छ ।

Read More