कृषि विकास बैंकको नाइमा विशेष अफर योजना,  ब्याजदर प्रिमियम र सेवा शुल्क दुवैमा ३३.३३ % सम्म छुट अफर  


कृषि विकास बैंकको नाइमा विशेष अफर योजना,  ब्याजदर प्रिमियम र सेवा शुल्क दुवैमा ३३.३३ % सम्म छुट अफर  

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले गाडी कर्जाको प्रिमियमदर र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

गाडी खरिद गर्न इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा सम्पर्क गरी कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। आवश्यक कागजात पूरा भएपछि बैंकले गाडी खरिदका लागि तुरुन्तै कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।

यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टर नम्बर ०१५९७०१६१ मा फोन गर्न सकिने बैंकले जनाएको छ।