मध्यपूर्व युद्ध चर्किए आर्थिक वृद्धि १.३ प्रतिशतमा झर्न सक्ने विश्व बैंकको चेतावनी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मध्यपूर्व युद्ध चर्किए आर्थिक वृद्धि १.३ प्रतिशतमा झर्न सक्ने विश्व बैंकको चेतावनी

वाशिङ्टन। अमेरिका र इरानबीचको युद्ध थप चर्किएमा विश्वव्यापी मुद्रास्फीति पुनः बढ्न सक्ने, ब्याजदर उच्च हुने र सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर २.९ प्रतिशतबाट घटेर १.३ प्रतिशतसम्म झर्न सक्ने विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्द्रमित गिलले चेतावनी दिएका छन्।

अगस्टको अन्त्यमा अवकाश लिन लागेका गिलले समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा विश्व बैंकले जुन महिनामा सार्वजनिक गरेको आर्थिक प्रक्षेपणमा मध्यपूर्व युद्धसँग सम्बन्धित उच्च अनिश्चिततालाई आधार मानेर तीन सम्भावित परिदृश्य तयार गरेको बताए। उनका अनुसार छ महिना वा सोभन्दा बढी समयसम्म युद्ध लम्बिने सबैभन्दा खराब परिदृश्य अहिले लगभग यथार्थतर्फ उन्मुख भइसकेको छ। यस्तो अवस्थामा विश्वव्यापी शीर्षक मुद्रास्फीति ४.५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

Read More