वि. सं. २०८३ साल साउन महिनाको मासिक राशिफल
मेष राशि
मेष राशिका लागि साउन महिना मिश्रित रहनेछ। व्यावसायिक क्षेत्रमा स्थिर प्रगति हुनेछ। कृषि, पशुपालन वा प्रविधिमा संलग्न व्यक्तिहरूले लाभ पाउनेछन्। आम्दानीको नयाँ स्रोत देखा पर्न सक्छ। तर, महिनाको अन्त्यतिर खर्चमा वृद्धि देखिन सक्छ। बोलिचालिमा संयमता अपनाउनु उपयुक्त हुनेछ।
वृष राशि
वृष राशिका लागि साउन महिना शुभ रहनेछ। पारिवारिक उत्तरदायित्व बढ्नेछ, जसले खर्चमा चाप दिन सक्छ। तर, पुराना काममा सफलता मिल्नेछ। लगानी गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ। अध्ययन तथा अनुसन्धानमा संलग्न व्यक्तिका लागि समय मध्यम रहला।
मिथुन राशि
मिथुन राशिका लागि साउन महिना सामान्य रहनेछ। व्यवसायमा राम्रो मुनाफाको सम्भावना छ। सहकर्मी तथा दाजुभाइबाट सहयोग पाइनेछ। तर, अनावश्यक यात्राबाट बच्नुपर्छ। लेनदेनका विषयमा विवाद हुन सक्ने भएकाले कागजी प्रक्रिया मजबुत बनाउनु पर्नेछ।
कर्कट राशि
कर्कट राशिका लागि साउन महिना मध्यम रहन सक्छ। व्यावसायिक क्षेत्रमा स्थायित्व आउनेछ। सवारीसाधन वा स्थिर सम्पत्ति प्राप्तिको सम्भावना रहन्छ। खर्चमा वृद्धि देखिए पनि आम्दानीको स्रोत पनि सँगै खुल्नेछन्। महिनाको अन्त्यतिर कर्मक्षेत्रबाट राहत मिल्ने संकेत देखिन्छ।
सिंह राशि
सिंह राशिका लागि साउन महिना सामान्य रहन सक्छ। नयाँ कामको थालनी, पदोन्नति वा जिम्मेवारीमा वृद्धि हुने समय छ। आम्दानी राम्रो हुनेछ। तर, पारिवारिक सम्बन्ध र व्यावसायिक साझेदारसँग स्पष्टतापूर्वक व्यवहार गर्न आवश्यक छ। खर्च र आम्दानीबीच सन्तुलन कायम गर्नु पर्नेछ।
कन्या राशि
कन्या राशिका लागि साउन महिना सफलतादायक रहन सक्छ। शिक्षा र सन्तान सम्बन्धी चिन्ताले सुरुवाती दिनहरूमा मनोबल घटाउन सक्नेछ। तथापि, महिनाको मध्यपछि नयाँ कामको थालनी हुने तथा व्यवसायिक योजना कार्यान्वयनमा आउने देखिन्छ, जसले आर्थिक पक्षलाई मध्यम स्तरमा स्थिरता दिनेछ।
तुला राशि
तुला राशिका लागि साउन महिना राम्रो रहन सक्छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक गतिविधि सक्रिय रहनेछ। तर, उधारो रकम फस्ने वा ढिलो आउने संकेत देखिन्छ। बोलिमा संयमता आवश्यक हुनेछ। आम्दानी सँगसँगै खर्च पनि बढ्न सक्छ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि साउन महिना राम्रो रहन सक्छ। आफन्त वा सहकर्मीसँग असमझदारी हुन सक्छ। तर, शिक्षा र सीपमा प्रगति हुने समय छ। नयाँ लगानी सोचिएअनुसार फाइदाजनक नहुन सक्छ, त्यसैले सोचविचार गरेर मात्र अगाडि बढ्नु उपयुक्त हुनेछ।
धनु राशि
धनु राशिका लागि साउन महिना मिश्रित रहनेछ। महिनाको सुरुवातमा खर्च बढ्न सक्छ। यात्राबाट अपेक्षित लाभ नआउन सक्छ। तर, महिनाको अन्त्यतिर व्यावसायिक तथा आर्थिक पक्षमा सुधार आउनेछ। पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिन्छ।
मकर राशि
मकर राशिका लागि साउन महिना सामान्य रहन सक्छ। कर्मक्षेत्रमा समाधानमुखी प्रगति देखिन्छ। व्यापारमा वृद्धिको सम्भावना छ। नयाँ सम्पत्ति वा सवारीसाधन प्राप्तिको योग देखिन्छ। लेनदेनका विषयमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।
कुम्भ राशि
कुम्भ राशिका लागि साउन महिना राम्रो रहन सक्छ। खेलकुद, रचना वा सिर्जनशील क्षेत्रमा संलग्न व्यक्तिका लागि समय राम्रो रहला। खर्च बढ्न सक्छ, तर आम्दानी पनि बढ्ने संकेत छन्। धैर्य, योजना र व्यवस्थापनले सफलता दिलाउनेछ।
मीन राशि
मीन राशिका लागि साउन महिना मिश्रित रहन सक्छ। महिनाको प्रारम्भमा शिक्षा वा सन्तानको कारण चिन्ता देखिन्छ। तर, महिनाको मध्यतिर नयाँ व्यावसायिक योजना कार्यान्वयन हुनेछ। आम्दानी मध्यम रहनेछ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ।




