साउनमा कुन बैंकले दिन्छ सबैभन्दा धेरै ब्याज? हेर्नुहोस् २० वाणिज्य बैंकको नयाँ ब्याजदर


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साउनमा कुन बैंकले दिन्छ सबैभन्दा धेरै ब्याज? हेर्नुहोस् २० वाणिज्य बैंकको नयाँ ब्याजदर

काठमाडौं - बैंकमा मुद्दती निक्षेप (FD) राख्ने सोचमा हुनुहुन्छ भने साउन महिनाका लागि सार्वजनिक भएका नयाँ ब्याजदर तपाईंका लागि महत्त्वपूर्ण हुन सक्छन्। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ दरअनुसार नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिने भएका छन्।

यद्यपि, समग्र बैंकिङ प्रणालीमा भने ब्याजदर घट्ने प्रवृत्ति अझै रोकिएको छैन। साउनका लागि २० वाणिज्य बैंकमध्ये ८ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने १२ बैंकले अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन्।

सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशत बिन्दुले र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ।

त्यसपछि ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत बिन्दु र संस्थागततर्फ ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। एनएमबि बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत बिन्दु तथा संस्थागततर्फ ०.५० प्रतिशत बिन्दुले ब्याजदर कम गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले पनि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस्तै, कृषि विकास बैंकले संस्थागत निक्षेपको ब्याजदर सामान्य रूपमा घटाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा क्रमशः ०.०६ र ०.१० प्रतिशत बिन्दुको कटौती गरेका छन्।

१२ बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेनन्

नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया र प्राइम कमर्सियल बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर अघिल्लो महिनाकै स्तरमा कायम राखेका छन्।

नेपाल बैंकले भने संस्थागत निक्षेपमा बढायो ब्याज

बजारमा अधिकांश बैंकले ब्याजदर घटाइरहेका बेला नेपाल बैंक लिमिटेडले भने फरक निर्णय गरेको छ। बैंकले चार वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ४.२५ प्रतिशतमै कायम राखिएको छ।

सबैभन्दा धेरै र सबैभन्दा कम ब्याज दिने बैंक

व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज ४.५५% दिनेमा नबिल बैंक र प्रभु बैंक रहेका छन् भने सबैभन्दा कम ब्याज ३.८५% दिनेमा कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

संस्थागत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज ४% दिनेमा नेपाल बैंक लिमिटेड र सबैभन्दा कम ब्याज २.७५% दिनेमा प्रभु बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

लगातार घट्दो ब्याजदरले निक्षेपकर्ताको प्रतिफलमा दबाब परेको देखिन्छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कर्जाको अपेक्षाकृत कमजोर माग तथा बजारमा लगानी विस्तार सुस्त रहँदा बैंकहरूले निक्षेपको लागत घटाउने रणनीति अपनाइरहेका छन्। त्यसकै प्रभाव साउन महिनाको नयाँ ब्याजदरमा पनि स्पष्ट देखिएको छ।

२०८३ साउन महिनाका लागि वाणिज्य बैंकहरूको अधिकतम मुद्दती निक्षेप ब्याजदर

क्र.सं.

वाणिज्य बैंक

अधिकतम ब्याजदर (असार २०८३)

अधिकतम ब्याजदर (साउन २०८३)

अन्तर

व्यक्तिगत

संस्थागत

व्यक्तिगत

संस्थागत

व्यक्तिगत

संस्थागत

एनआईसी एसिया बैंक

एनएमबि बैंक

४.७५

४.५०

३.५०

-०.२५

-०.५०

एभरेष्ट बैंक

४.०५

३.५०

४.०५

३.५०

कुमारी बैंक

३.९१

३.०१

३.८५

३.०१

-०.०६

कृषि विकास बैंक

४.१५

२.७८

४.१५

२.७५

-०.०३

ग्लोबल आइएमई बैंक

४.५०

२.७५

-०.५०

-०.२५

नबिल बैंक

४.५५

३.०१

४.५५

३.०१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

४.५०

३.५०

४.५०

३.५०

नेपाल एसबिआई बैंक

४.१०

२.७५

४.१०

२.७५

१०

नेपाल बैंक

४.२५

४.२५

११

प्रभु बैंक

४.५५

२.७५

४.५५

२.७५

१२

प्राइम कमर्सियल बैंक

२.७५

२.७५

१३

माछापुच्छ्रे बैंक

४.५०

४.५०

१४

राष्ट्रिय वाणिज्य बैंक

४.७५

-०.७५

-१

१५

लक्ष्मी सनराइज बैंक

३.२५

३.२५

१६

सानिमा बैंक

४.५०

३.३०

४.५०

३.३०

१७

सिटिजन्स बैंक

४.१०

३.५०

३.९५

-०.१५

-०.५०

१८

सिद्धार्थ बैंक

४.०५

३.२५

४.०५

३.२५

१९

स्ट्यान्डर्ड चार्टर्ड बैंक

३.९५

२.७५

३.८५

२.७५

-०.१०

२०

हिमालयन बैंक

३.५०

३.५०