कृषि विकास बैंकद्वारा अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न र लत्ताकपडा सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कृषि विकास बैंकद्वारा अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न र लत्ताकपडा सहयोग

काठमाडौं। कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बालाजुस्थित अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सामग्री तथा लत्ताकपडा सहयोग गरेको छ।

आइतबार आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले केन्द्रका अध्यक्ष मोहनलाल कामीलाई सहयोग सामग्री हस्तान्तरण गरे। कार्यक्रममा बैंकको मार्केटिङ एन्ड सेल्स विभाग प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, समाजसेवी हरि दुलाल तथा केन्द्रमा आश्रित ५४ जना बहुअपाङ्ग, असहाय, घरबारविहीन र अपहेलित व्यक्तिको उपस्थिति रहेको थियो।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानवीय सहायता, दिगो विकास लक्ष्य प्रवर्द्धन, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित क्षेत्रमा देशभरका विभिन्न सेवामूलक संस्थालाई नियमित सहयोग गर्दै आएको जनाएको छ।