एनसेलका लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनसेलका लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा

काठमाडौं । कर छली, अवैध माध्यमबाट लगानी विदेश लगेको, कानुनविपरीत दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स लिएकोलगायतका अभियोगमा एनसेलका लगानीकर्ता र नेपालस्थित उच्च व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा चल्ने भएको छ ।

बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएलगत्तै सरकारले एनसेलको सेयर खरिद–बिक्री र स्वामित्व हस्तान्तरण विवादसम्बन्धी उच्चस्तरीय छानबिन समितिको अध्ययन प्रतिवेदन कार्यान्वयन गरिरहेको छ ।

एनसेलमा भएको बदमासी छानबिन सरकारको तेस्रो प्राथमिकतामा

पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारले एनसेल खरिद बिक्रीमा भएको बदमासी र यसको स्वामित्व तथा लाइसेन्स प्रक्रियामा गरिएको अनियमिततामाथिको छानबिन तीव्र बनाएको हो ।

Read More