अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारले क्रिप्टो करेन्सी कारोबारबाट एक वर्षमै १.४ अर्ब डलर आम्दानी गरेको खुलेको छ।
ट्रम्पले सन् २०२५ को आफ्नो वार्षिक वित्तीय विवरणमा परिवारको क्रिप्टो कारोबारबाट एक वर्षमै १ अर्ब ४० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको खुलाएका हुन्।
मंगलबार सार्वजनिक भएको उक्त विवरणले ट्रम्पको आम्दानीको प्रमुख स्रोत अहिले डिजिटल सम्पत्ति (क्रिप्टोकरेन्सी) बनेको देखाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।




