यो वर्ष राजस्व असुली १२ खर्ब ६० अर्बसम्म


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यो वर्ष राजस्व असुली १२ खर्ब ६० अर्बसम्म

काठमाडौँ— चालु आर्थिक वर्षमा भएका आन्तरिक घटना र सुस्त अर्थतन्त्रमा सुधार नआउँदा यो वर्ष १२ खर्ब ६० अर्ब रुपैयाँभन्दा धेरै राजस्व नउठ्ने देखिएको छ ।
चालु आवको जेठसम्मको राजस्व असुली, यो वर्षको राजस्व वृद्धिदर र अन्तिम महिना असारमा उठ्न सक्ने राजस्वलाई अनुमान गर्दा यो वर्ष १२ खर्ब ६० अर्ब रुपैयाँसम्म राजस्व उठ्ने देखिएको हो ।
सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वर्षका ११ महिना अथवा जेठसम्म १० खर्ब ८६ अर्ब मात्र राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ७३ प्रतिशत मात्र हो । यो वर्षको जेठसम्म राजस्व वृद्धिदर करिब ७ प्रतिशत छ । वर्षको अन्तिम महिना असारमा गत वर्ष १ खर्ब ६३ अर्ब रुपैयाँ राजस्व उठेको थियो । यो वर्षको राजस्व वृद्धिदरलाई समेत जोडेर हेर्दा यो असारमा १ खर्ब ७५ अर्ब रुपैयाँसम्म राजस्व उठ्न सक्छ । यो सबैलाई हेर्दा यो वर्षको कुल राजस्व १२ खर्ब ६० अर्ब हाराहारी मात्र हुने देखिन्छ ।

Read More