काठमाडौँ, असार १४ गते । बैङ्किङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको सङ्ख्या बढेको छ तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढे पनि देशभर बैङ्क तथा वित्तीय संस्थाका शाखा सङ्ख्या पछिल्ला वर्षमा निरन्तर खुम्चिँदै गएका छन् । बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८२ वैशाख मसान्तमा ११ हजार ५२६ रहेकोमा २०८३ वैशाख मसान्तमा ११ हजार ३५९ मा झरेको छ ।



