९ महिनामा एनसेलले बुझायो १४ अर्ब ५९ करोड राजस्व, अघिल्लो वर्षभन्दा १३ करोड ७७ लाख बढी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
९ महिनामा एनसेलले बुझायो १४ अर्ब ५९ करोड राजस्व, अघिल्लो वर्षभन्दा १३ करोड ७७ लाख बढी

चालु आर्थिक वर्ष २०८२/८३  को पहिलो ९ महिनामा एनसेलले सरकारलाई विभिन्न शीर्षकमा १४ अर्ब ५९ करोड ५५ लाख रूपैयाँभन्दा बढी राजस्व तथा शुल्क बुझाएको छ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड ७७ लाख रूपैयाँले बढी हो।

एनसेलले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले १४ अर्ब ५९ करोड ५५ लाख ३१ हजार ५३० रूपैयाँ सरकारलाई विभिन्न कर, शुल्क तथा रोयल्टीबापत बुझाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल योगदान १४ अर्ब ४५ करोड ७७ लाख ६१ हजार ५४९ रूपैयाँ रहेको थियो।

Read More