९ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) नेपालले कुल २ खर्ब ७३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र एलपीजी) आयात गरेको छ ।
विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्यवृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।




