घरजग्गा कारोबारमा ६ अर्ब २९ करोड बढ्यो राजस्व


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
घरजग्गा कारोबारमा ६ अर्ब २९ करोड बढ्यो राजस्व

काठमाडौं– गत आर्थिक वर्षको ११ महिना (साउन–जेठ) को तुलनामा चालु आवको यही अवधिमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व ६ अर्ब २९ करोड रुपैयाँ बढेको छ ।
गत वर्ष जेठसम्ममा ४२ अर्ब ४९ करोड राजस्व संकलन भएकोमा चालु आवको यही अवधिमा ४८ अर्ब ७८ करोड संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यो गत वर्षभन्दा ६ अर्ब २९ करोड धेरै हो ।
गत आवको तुलनामा यो वर्ष घरजग्गाको कारोबारमा हुने लिखत संख्या पनि बढेको छ । गत आवको ११ महिनामा १४ लाख २६ हजार थान लिखत पास भएका थिए । यो वर्ष १४ लाख ६४ हजार थान लिखत पास भएका छन् ।
गत वर्षको तुलनामा जग्गाको कारोबार संख्या ३८ हजारले मात्र बढी भएको विभागको तथ्यांकले देखाउँछ । सरकारले जग्गाको कित्ताकाट खुलाए पनि कारोबार सोचेजस्तो बढेको छैन ।

Read More