कृषि विकास बैंक लिमिटेडले आफ्नो आधिकारिक वेबसाइटलाई अपांगतामैत्री (Accessible) बनाउँदै सबैका लागि डिजिटल बैंकिङ सेवालाई अझ सहज र समावेशी बनाएको छ। दृष्टिविहीन तथा अन्य प्रकारका अपांगता भएका व्यक्तिहरूले पनि सहज रूपमा बैंकका डिजिटल सेवाहरू उपयोग गर्न सकून् भन्ने उद्देश्यले बैंकले वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधाहरू थप गरेको जनाएको छ। नयाँ अद्यावधिक अन्तर्गत स्क्रिन रिडर सपोर्ट, अक्षरको आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट (High Contrast) विकल्प लगायतका आधुनिक पहुँचसम्बन्धी विशेषताहरू समावेश गरिएका छन् । यस पहलमार्फत कृषि विकास बैंक लिमिटेडले प्रविधिमैत्री, समावेशी तथा ग्राहककेन्द्रित बैंकिङ सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। बैंकले सबै नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आधुनिक प्रविधिको प्रयोग र सेवाको विस्तारलाई निरन्तरता दिने जनाएको छ। सबैको पहुँचमा बैंकिङ, सबैका लागि समान अवसरू भन्ने मूल भावनालाई आत्मसात गर्दै कृषि विकास बैंक लिमिटेड डिजिटल समावेशिताको दिशामा थप एक महत्वपूर्ण कदम अघि बढेको छ।





