एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट सुविधा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट सुविधा

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी पश्चात बैंकका ग्राहक महानुभावहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्नुहुनेछ । 

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त लजहरुसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।