घट्यो कच्चा तेलको मूल्य, नेपालमा दुई सातापछि प्रभाव पर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
घट्यो कच्चा तेलको मूल्य, नेपालमा दुई सातापछि प्रभाव पर्ने

काठमाडौँ, असार २ गते । अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको मूूल्य घटेको छ । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शाहवाज सरिफले आइतबार सम्झौताको पुष्टि गरेलगत्तै सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । शान्ति वार्ताको टुङ्गो लागेसँगै सोमबार कच्चा तेलको विश्वव्यापी बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ८४ डलर आसपास कारोबार भएको छ  । यस्तै अमेरिकी कच्चा तेलको मूल्य पनि ४.८ प्रतिशतले ओरालो लागेर प्रतिब्यारेल करिब ८१ डलर झरेको छ ।

Read More