आज असार २ गते मङ्गलबार, शुद्ध ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि, कुन राशिको आर्थक पक्ष कस्तो रहला ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज असार २ गते मङ्गलबार, शुद्ध ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि, कुन राशिको आर्थक पक्ष कस्तो रहला ?

असार २ गते मङ्गलबार, शुद्ध ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि                              

मेष
उद्योग तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।
 
वृष
काममा अपेक्षा गरेकाहरुबाट सहयोग नमिल्न सक्छ। आर्थिक क्षेत्र सामान्य रहला। 

मिथुन 
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ ।

कर्कट 
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।

सिंह 
व्यापार–व्यवसायमा विशेष फाइदा होला । कामको क्षेत्र पनि राम्रो रहला। 

कन्या 
गरेको कामले प्रशंसा पाउने छ र दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

तुला 
नयाँ काममा हात हाल्दा राम्रो हुन्छ र गरी आएका व्यापार व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ ।

वृश्चिक 
व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ ।

धनु 
व्यवसायका लागि यात्राको सम्भावना र कामका लागि अनुकूल समय छ ।

मकर 
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । 

कुम्भ 
सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । 

मीन 
स्वास्थ्यमा कमजोरी र आफन्तको असहयोगले काम बिग्रिन सक्छ। खर्च अलिक बढ्न सक्छ।