११ महीनामा ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
११ महीनामा ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महीनामा नेपालमा ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म ९१४ ओटा उद्योग तथा परियोजनामा उक्त रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

जेठ महीनामा मात्रै १८६ ओटा परियोजनाका लागि २ अर्ब २९ करोड ५३ लाख रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । ती परियोजनाबाट १ हजार २२१ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । 

क्षेत्रगत रूपमा हेर्दा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै ५७७ ओटा परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता भएका कुल  परियोजनाको करीब ६३ प्रतिशत हो । तर लगानी प्रतिबद्धता रकमका आधारमा आईसीटी क्षेत्र अग्रस्थानमा छैन । यस क्षेत्रमा कुल २ अर्ब ३६ करोड रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको देखिन्छ ।

Read More
  • MBL - below news