असार १ गते, सोमबार, सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा यस दिन कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।






