काठमाडौं– उद्योग विभागले २५ करोडभन्दा कम पुँजीका उद्योग दर्ता बन्द गरेको छ । यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्तासम्बन्धी काम रोक्का गरिएको विभागले जनाएको छ ।
विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले २५ करोडभन्दा कम पुँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यससम्बन्धी निवेदन लिन छाडेको हो । उनका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा यस्तो व्यवस्था रहेको छ ।






