विश्व वातावरण दिवसको उपलक्ष्यमा कृषि विकास बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विश्व वातावरण दिवसको उपलक्ष्यमा कृषि विकास बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

यस वर्ष जुन ५ अर्थात विश्व वातावरण दिवसको मुख्य विषय सुरक्षित भविष्यका लागि स्वच्छ वातावरण एव प्रकृति जोगाऔँ र भविष्य बचाऔँ भन्ने नारा सहित विश्व वातावरण दिवसको उपलक्ष्यमा कृषि विकास बैंक लिमिटेडद्धारा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान भक्तपुर बोडे परिसरमा विभिन्न फलफुल जातका १०० वटा विरुवाहरु रोपी वातावरण दिवस कार्यक्रम मनाइयो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले समुद्घाटन गरी वृक्षारोपण कार्य शुभारम्भ गुर्न भएको थियो भने कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, मिनराज पोखरेल, सुशिल हुँमागाई मार्केटिङ्ग एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा तथा वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल केन्द्रीय तालिम प्रतिष्ठानका निर्देशक सरीता दहाल, वरिष्ठ शाखा प्रमुख भोला नेपाल लगायतका बैंक कर्मचारीहरुले वृक्षारोपण कार्यमा सहभागी भई वृक्षारोपण गरेको बैंकले जनाएको छ । 

विश्व वातावरण दिवस हरेक वर्ष ५ जुनमा मनाइन्छ । वातावरणीय समस्या प्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।

  • MBL - below news