नेपाली चिया निर्यातमा भारतको ‘अदृश्य’ अवरोध, परीक्षणका नाममा गोदाममै थन्क्याइयो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाली चिया निर्यातमा भारतको ‘अदृश्य’ अवरोध, परीक्षणका नाममा गोदाममै थन्क्याइयो

२१ जेठ, काठमाडौं । नेपाली चिया निर्यातमा भारतीय पक्षको निरन्तरको अवरोधले यहाँका साना किसानलाई ठूलो आर्थिक संकटमा धकेलेको छ ।

२१ दिनको पूर्ण नाकाबन्दी बेहोरेर भारतीय बजार छिरेको नेपाली चिया अहिले पनि गन्तव्यसम्म पुग्न नसकी सिलिगुडी र कोलकाता लगायत व्यावसायिक केन्द्रका गोदामहरूमा थन्किएको छ ।

भारत पुगेको करिब २ सय टन (२ लाख किलो) नेपाली चिया अहिले बिक्रीको पर्खाइमा गोदाममै अलपत्र परेको व्यवसायीहरूले बताएका छन् ।

भारतले नेपाली चिया निर्यातमा फेरि गैरभन्सार अवरोध सुरु गरेपछि निकासी प्रभावित बनेको छ । यसअघि १८ वैशाखदेखि लागु गरिएको यस्तै प्रावधानका कारण २१ दिनसम्म चिया निकासी ठप्प भएको थियो ।

Read More
  • MBL - below news