अपांगतामैत्री बैंकिङ सेवा अझै टाढा, राष्ट्र बैंककै निर्देशन कार्यान्वयन भएन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अपांगतामैत्री बैंकिङ सेवा अझै टाढा, राष्ट्र बैंककै निर्देशन कार्यान्वयन भएन

काठमाडौँ — कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयकी शिक्षक सीता ज्ञवाली जन्मजात पूर्ण दृष्टिविहीन हुन् । तर, पढ्न–लेख्न सबै सक्छिन् । आफ्नो काममा उनलाई कुनै सहारा चाहिँदैन ।

विद्यालयमा उनी आत्मविश्वासका साथ पढाउँछिन्, मोबाइल चलाउँछिन्, डिजिटल सामग्री प्रयोग गर्छिन् । सबै कुरामा आत्मनिर्भर उनलाई जब बैंकमा काम पर्छ, त्यतिबेला भने उनी छिमेकी, साथीभाइ र आफन्त खोज्न थाल्छिन् । किनभने बैंकमा पैसा निकाल्न ल्याप्चे लगाउन र फाराम भर्न लगाइन्छ ।

Read More
  • MBL - below news