काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसररिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीकारूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणी गाउँपालिका–७ निवासी गौतमले अनुसन्धानका क्रममा दिएको बयान र आरोपपत्रको व्यहोराविपरीत विशेष अदालतमा बकपत्र गरेका थिए।
यसअघि प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत संलग्न घुसकाण्डको अनुसन्धानमा सहयोग गरेकाले गौतमलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो।






