नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रा.लि. बिच सम्झौता 


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रा.लि. बिच सम्झौता 

मिति २०८३ साल जेठ १३ गते नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाण्डौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई मेधर्म क्लिनिक्स्द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५% छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा नेपाल बैक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई मेधर्म क्लिनिक्स् प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।      

नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।  

  • MBL - below news