कृषि विकास बैंक लिमिटेडद्धारा खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई स्मार्टबोर्ड प्रदान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कृषि विकास बैंक लिमिटेडद्धारा खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई स्मार्टबोर्ड प्रदान

कृषि विकास बैंक लिमिटेडले काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी स्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई शैक्षिक सामाग्री डिजिटल स्मार्टबोर्ड हस्तान्तरण गरको छ ।
 
मिति २०८३ जेठ १८ गते सोमबार विद्यालय परिसरमा सोही वडाका वडा अध्यक्ष तथा विद्यालय व्यवस्थपान समितिका अध्यक्ष श्री नवराज लामाले अध्यक्षता गर्नु भएको कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक गुस्णस्तर सुधारका लागि सहयोग प्रदान गरिएको प्रमुख अतिथि तथा बैंकका उपमहाप्रबन्धक श्री सुशिल हुमागाईले बताउनु भयो । 

सो कार्यक्रमा वोल्दै विद्यालयका प्रधानाध्यपक श्री राघव प्रसाद दवाडीले बैंकको सो सहयोगले शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालिम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले वि.सं.२०२६ सालमा स्थापित उक्त विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गरेकोमा बैंकलाई कृतज्ञता सहित हार्दिक आभार प्रकट गर्नु भयो । कार्यक्रमा बैंकको तर्फबाट विभागीय प्रमुख श्री बीना शर्मा, वरिष्ठ शाखा प्रमुख श्री धु्रव पौडेल, अभिभावक सँघका अध्यक्ष श्री जनक वहादुर अधिकारी लगायत विद्यालयका शिक्षक तथा विद्याथीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्री किरण धितालले गर्नु भएको थियो ।

  • MBL - below news