आज जेठ १७ गते आइतबार, अधिक ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि, कुन राशिको लागि कस्तो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज जेठ १७ गते आइतबार, अधिक ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि, कुन राशिको लागि कस्तो ?

जेठ १७ गते आइतबार, अधिक ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि

मेष
आर्थिक क्षेत्रमा खर्चको दबाब बढ्न सक्छ। प्रतिस्पर्धा तीव्र रहने भएकाले हतारबाजीभन्दा योजनाबद्ध र सावधानीपूर्वक निर्णय लिनु बुद्धिमानी हुनेछ।

वृष
महत्वपूर्ण कार्यहरू सम्पन्न हुने संभावना प्रबल छ। धन प्रवाहमा सुधार देखापर्नेछ र लगानीका लागि यो समय लाभदायक रहनेछ।

मिथुन
दीर्घकालीन रूपमा फाइदा दिलाउने योजनामा संलग्न हुने अवसर प्राप्त हुनेछ। अचल सम्पत्तिबाट प्रत्यक्ष लाभ उठाउन सकिने संकेत देखिन्छ।

कर्कट
शैक्षिक तथा बौद्धिक क्षेत्रमा प्रगति सम्भव छ। अध्ययन, अनुसन्धान वा विद्वान व्यक्तिहरूको सहयोगमार्फत उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ।

सिंह
व्यापारमा घाटा वा पारिवारिक मतभेदका कारण मानसिक दबाब आउन सक्छ। धैर्य, विवेक र संयमपूर्वक परिस्थितिको सामना गर्नु श्रेयष्कर हुनेछ।

कन्या
कार्यक्षेत्रमा आफ्नो प्रभाव बढाउन सकिने समय आएको छ। विवेकपूर्ण निर्णय क्षमता र व्यवहारिक सोचमार्फत उल्लेखनीय उपलब्धि हात पार्न सकिनेछ।

तुला
व्यावसायिक क्षेत्रमा उन्नति हुने संकेत स्पष्ट छन्। नयाँ योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय भएकाले आत्मविश्वासका साथ अघि बढ्न सकिन्छ।

वृश्चिक
कर्म क्षेत्रमा मानसिक सन्तुष्टि प्राप्त हुनेछ। आकस्मिक लाभ, पुरस्कार वा मान–सम्मान प्राप्त हुने सम्भावना प्रबल छ, जसले उत्साहमा वृद्धि गर्नेछ।

धनु
अनावश्यक खर्च बढ्ने तथा योजनाबद्ध काममा अवरोध आउने संभावना छ। रणनीतिहरूको पुनरावलोकन आवश्यक पर्न सक्छ।

मकर
नयाँ आम्दानीका अवसर देखा पर्नेछन्। व्यापारमा लाभदायक परिणाम हात लाग्ने संभावना भएकाले अवसरलाई समयमै सदुपयोग गर्नु हितकर हुनेछ।

कुम्भ
पदोन्नति वा कार्यक्षेत्रमा उच्च उपलब्धि हासिल गर्ने संभावना प्रबल छ। नयाँ कार्यशैली वा नवीन दृष्टिकोण अपनाउँदा सफलता सहज हुनेछ।

मीन
सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। धार्मिक वा परोपकारी कार्यमा संलग्नता बढ्दा मानसिक सन्तुलन र आत्मसन्तुष्टि हासिल हुनेछ।

  • MBL - below news