सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्यायो, मुख्य बँदाहरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्यायो, मुख्य बँदाहरु

काठमाडौं, १५ जेठ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि १२ खर्ब ७० अर्ब रुपैयाँ, पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बजेटका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान र २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

त्यसैगरी स्रोत व्यवस्थापनका लागि ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख छ।

पूर्णपाठसहित हेर्नको लागि यस लिंकमा क्लिक गर्नुहोस् ।

 
  • MBL - below news