१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ संसद् पुगेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न विधेक ल्याइएको हो ।
अर्थमन्त्री डा. वाग्लेका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा आएको परिवर्तन, वित्तीय प्रणालीको विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा केन्द्रीय बैङ्कको भूमिकामा आएको विकासलाई दृष्टिगत गर्दा प्रचलित ऐनका केही व्यवस्थालाई थप स्पष्ट, व्यवस्थित तथा समयानुकूल बनाउनु विधेयकको उद्देश्य छ ।







