काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने बैंकिङ क्षेत्रका विभिन्न सुझावहरू सरकारलाई बुझाएको छ। संघले बैंकिङ प्रणालीलाई थप सबल बनाउन करका दर परिमार्जन र प्रशासनिक झन्झट हटाउन माग गरेको छ।
करको दर घटाउने विषयमा संघले संस्थागत र व्यक्तिगत दुवैतर्फ राहतको अपेक्षा गरेको छ। बैंक तथा वित्तीय संस्थालाई लाग्दै आएको ३० प्रतिशतको संस्थागत आयकर घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गर्न संघले सुझाव दिएको छ।







