दक्षिण एसियामै उच्च करको बोझ नेपालमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दक्षिण एसियामै उच्च करको बोझ नेपालमा

काठमाडौँ — आम्दानीको ३९ प्रतिशतसम्म आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ । आम्दानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ्दै गएको छ ।

नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनुपर्ने करविज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेको सुझाव छ । ‘अन्तर्राष्ट्रिय जगत्मा नेपालमा ३९ प्रतिशतसम्म आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ । जब कि उच्च दरबाट करिब ४/५ अर्ब मात्र कर उठेको होला,’ उनले भने, ‘करको दर घटाउँदा उपभोक्ताको क्रयशक्ति बढ्छ । क्रयशक्ति बढ्दा खर्च बढ्छ र अर्कोतर्फबाट स्वतः समग्र कर पनि बढ्छ ।’ 

Read More
  • MBL - below news