काठमाडौं । चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च र मधेश प्रदेशको सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार (आज) सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’ सम्बन्धी प्रेस नोटअनुसार बागमतीको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने अनुमान छ ।
कार्यालयका अनुसार गण्डकी प्रदेश ५.०१ प्रतिशत वृद्धिदरसहित दोस्रो स्थानमा रहनेछ । सबैभन्दा कम आर्थिक वृद्धि मधेश प्रदेशमा हुने अनुमान गरिएको छ । त्यहाँ आर्थिक वृद्धिदर १.३१ प्रतिशत मात्रै रहने कार्यालयले जनाएको छ ।








